arrow

सत्याग्रहीको बीसौं सत्याग्रह शुरु [१४ तस्बिरमा]

logo
सुनिल आउजी, 
प्रकाशित २०७९ भदौ २७ सोमबार
dr-govinda-kc-new-photo.jpg

धनगढी । चिकित्सा शिक्षा अभियन्ता प्राडा. गोविन्द केसीले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीस्थित गीता सत्संग भवनमा सत्याग्रह शुरु गरेका छन् ।उनले सोमबार साँझ ५ बजेदेखि २०औँ सत्याग्रह शुरु गरेका हुन् ।  

सत्याग्रह शुरु गर्नुअघि सत्याग्रहस्थलमै पत्रकार सम्मेलन गरी आफ्ना मागसहित सत्याग्रह शुरु गरेको जानकारी दिए । डा. केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई सातासम्म अल्टिमेटम दिएका थिए ।
 
‘हिजोसम्म सरकारको तर्फबाट माग सम्बोधन या वार्ता केही होला कि भन्ने थियो तर सरकारको पक्षबाट कुनै जवाफ नआएकाले सत्याग्रहका शुरु गरेको छु’,  डा. केसीले भने, ‘देउवाले समय मागेर आजसम्म झुलाए तर अहिले रेस्पोन्स गरेनन्, त्यसैले धनगढीमा अनशन शुरु गरेँ ।’  

डा. केसीले आफूले राखेका माग र समाधानको खाकासमेत सरकारलाई यसअघि नै बुझाइसकेका छन् । उनले अनसन शुरु गर्नुअघि नागरिक समाजका प्रतिनिधिसँग छलफलसमेत गरेका थिए ।

आफ्ना माग सरकार अर्थात् प्रधानमन्त्री शेरबहादुर देउवाले बेवास्ता गरेकाले प्रधानमन्त्रीकै गृहक्षेत्रमा अनसन शुरु गरेको केसीले बताए ।

डा. केसीले यसअघि १९ पटकसम्म निकै कठिन परीक्षा दिइसकेका छन् । जुनसुकै सरकार आए पनि उनकाे माग पूरा गर्न सकेकाे छैन । 

300007587_1356370104769911_1883889891946551520_n.jpg
सत्याग्रहीको बीसौं सत्याग्रह
300121599_783566572967383_5916060585571313380_n.jpg
300400890_847839403049798_8754180743915074216_n.jpg
302049103_795141331934415_6132898891379210295_n.jpg
302291537_1696555044051381_80927740554371982_n.jpg
303299521_603625084582420_7234470232571021116_n.jpg
305096652_767445604480875_637699651149230961_n.jpg
305373930_381981090798823_8267866530589434773_n.jpg
305509037_632556611908786_4579793552367774687_n.jpg
305787871_514760880460193_8172683967729896179_n.jpg
306119748_1440283423157649_4270849759689490966_n.jpg
306157390_585352433285487_2365578283364054691_n.jpg
306542291_1133272914266533_7225857264783722072_n.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ