arrow

एमालेले पदयात्रा गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २८ मंगलबार
uml-cpn.jpg

काठमाडौं ।  नेकपा (एमाले) ले संविधान दिवसको अवसरमा पदयात्रा गर्ने भएको छ । पार्टीले संविधान दिवसको अवसरमा आगामी असोज १ गते काठमाडौंका विभिन्न पाँच ठाउँबाट पदयात्रा निकाली वसन्तपुर पुगी समापन गर्नेछ ।  

उपमहासचिव विष्णु रिमालले लामो राजनीतिक सङ्र्घषपछि नेपाली जनताले संविधानसभाबाट संविधान पाएको विषयलाई त्यही उचाइमा महत्व दिनु आवश्यक देखिएकाले पार्टीले एउटा परम्पराको थालनी गर्न चाहेको र यस वर्ष पदयात्रा आयोजना गर्न लागिएको बताए । 
    
उनका अनुसार पदयात्रा बानेश्वर, मैतीदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट निस्कने छ । वसन्तपुरमा आयोजित सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

पार्टीले पदयात्रामा देशभक्त, सामाजिक क्षेत्र, पेशा, व्यवसायमा संलग्न तथा एमालेप्रति शुभेच्छा राख्ने आमजनसमुदायलाई सहभागिताका लागि आह्वान गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ