arrow

नेपालले पाकिस्तानलाई राहत सामग्री दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २८ मंगलबार
Pakistan-Flag.jpg.jpeg

काठमाडौं ।  नेपालले पाकिस्तानलाई राहत सामग्री दिने भएको छ । दुई करोड मूल्य बराबरको राहत सामग्री सहयोगस्वरुप नेपालले पाकिस्तानलाई उपलब्ध गराउने भएको हो । 

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी पाकिस्तानमा आएको बाढीबाट धनजनको क्षति भएको जनाउँदै राहतस्वरुप सहयोग उपलब्ध गराइने बताए ।

यही भदौ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार सहयोग गर्न लागिएको मन्त्रालयले जनाएको छ । 

पाकिस्तानमा विपद्मा परी मृत्यु हुनेप्रति नेपाल सरकारले श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ