arrow

पोखरामा बसको ठक्करबाट बञ्जराको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३० बिहिबार
Accident-sign.jpg

पोखरा । पोखरामा बुधबार साँझ सवारी दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ । 

मृत्यु हुनेमा पोखरा महानगरपालिका वmडा नं. ३१ मोहोरिया निवासी ७८ वर्षकी देवकला बन्जरा रहेकी छन् । 

पोखराको लेखनाथस्थित शिसुवाचोकमा ग१ख ६८३० नंको माइक्रोबसले ठक्कर दिंदा बञ्जरा गम्भीर घाइते भएकी थिइन् । 

उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गर्दागर्दै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पैदलयात्रा गरिरहेको अवस्थामा बसले बन्जरालाई बसले ठक्कर दिएको थियो । बस चालक प्रहरी नियन्त्रणमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ