arrow

छैटौं नेपाल भारत सशस्त्र बलको बैठक असोज पहिलो साता काठमाडौंमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३० बिहिबार
nepal-india-apf-ssb-meeting.jpg

काठमाडौं । छैटौं नेपाल भारत सशस्त्र सीमा सुरक्षा बलको बैठक काठमाडौंमा हुँदैछ । बैठक असोज ५ देखि ७ गतेसम्म काठमाडौंमा हुन लागेको सशस्त्र प्रहरी बल एपीएफले जनाएको छ । 

सशस्त्रका प्रवक्ता डीआईजी विदुर खड्काले हरेक वर्ष आलोपालो गर्दै आयोजना हुने भएकाले यसपटक नेपालमा बैठक हुन लागेको बताए । उनका अनुसार सीमा अपराध सम्बन्धी, सीमा संरक्षण, सीमामा हुने अवैध गतिविधिविरुद्धका विषयमा छलफल हुँदै आएको छ । 

उनले यो छैटौं बैठकमा पाँचौं बैठकका एजेन्डाको समीक्षा गरी नयाँ एजेन्डा तय गरिने बताए । यो बैठकमा सशस्त्र प्रहरी बलका तर्फबाट प्रहरी महानिर्देशक र सीमा सुरक्षा बल एसएसबीबाट महानिर्देशकले नेतृत्व गर्दै आएका छन् । 

नेपालमा हुने बैठकमा गृह मन्त्रालयका प्रतिनिधि पनि सहभागी हुँदै आएका छन् । सीमामा हुँदै आएको आपराधिक गतिविधिलाई न्यूनीकरण गर्नका लागि दुवै तर्फका सशस्त्र प्रहरीको भूमिका अपरिहार्य हुने ठानेर यो बैठक हरेक वर्ष आयोजना हुँदै आएको छ । 

बैठक सन् २०१२ देखि हुँदै आएको हो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ