arrow

फैसला माओवादीले गरोस् भन्ने चाहना छ : प्रचण्ड

माओवादीको हातमा देशको चाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३१ शुक्रबार
puspa-kamal-dahal-prachanda-2079-04-28.jpg

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले माओवादी पार्टीको हातमा नै देशको चाबी दिन चाहेको बताएका छन् । बिहीबार राजधानीको एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले देशको राजनीति कता लैजाने भन्ने कुराको फैसला माओवादीले गरोस् भन्ने चाहाना जनताको मन रहेको सुनाए । 

“माओवादी पार्टी जनतामा अहिले स्थानीय तहको निर्वाचनबाट एउटा सन्देश के हो भने,  जनता अहिले पनि माओवादी पार्टीको हातमा नै देशको चाबी दिन चाहन्छन् । देशको राजनीति कता लैजाने भन्ने कुराको फैसला माओवादीले गरोस् भन्ने चाहाना छ जनताको भन्ने कुरा प्रष्ट देखिएको छ ।” प्रचण्डले भने । 

अध्यक्ष प्रचण्डले पार्टीले प्रक्रियागत ढंगले खडा गरेको उम्मेदवार केबल व्यक्ति मात्र नभई सिंगो पार्टी हुने बताए । उनले ईमान्दारका साथ मिहिनेत गरे आगामी निर्वाचनमा माओवादीको जितलाई कसैले रोक्न नसक्ने धारणा राखे ।   माओवादी पार्टी प्रदेश र सङ्घको निर्वाचनमा देशको एक नम्बर कम्यूनिष्ट पार्टी बन्ने आधार मजबुत रहेको उनको दाबी छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ