arrow

नेपाल नगरपालिका संघ लुम्बिनीको अध्यक्षमा गुल्मीका पन्थी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३१ शुक्रबार
khildhoj-panthi.jpg

गुल्मी । नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको अध्यक्षमा गुल्मीका खिलध्वज पन्थी निर्वाचित भएका छन् । रुपन्देहीको लुम्बिनीमा भएको प्रदेशको भेलाले गुल्मीको रेसुंगा नगरपालिकाका प्रमुख पन्थीलाई सर्वसम्मत निर्वाचित गरेको हो । 

लुम्बिनी प्रदेशका नगर प्रमुख, उपप्रमुख एवं प्रमुख प्रशासकीय अधिकृतहरूको अभिमुखीकरणको अवसरमा भएको नगरपालिका सङ्घको अधिवेशनबाट रेसुंगा नगरपालिकाका प्रमुख पन्थीको नेतृत्वमा १५ सदस्यीय समिति गठन भएको हो । 

अध्यक्षमा निर्वाचित भएपछि बोल्दै पन्थीले सबै नगरका समस्या साझा हुनेभएकोले आफूले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । सबै नगरका प्रमुख र उपप्रमुखले जनताको अपेक्षा अनुसार काम गर्न चाहेकोले सबै मिलेर जनताको जीविकोपार्जनलाई माथि उकास्ने कार्यमा एकताबद्ध हुने पनि पन्थीले बताएका छन् । 

लुम्बिनी प्रदेशमा ४ उपमहानगर र ३२ नगरपालिका गरि ३६ नगरहरू नगरपालिका संघ अन्तर्गत रहेका छन् । नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेश अध्यक्ष बनेका रेसुंगा नगरपालिका गुल्मीका प्रमुख पन्थी नेपाली काँग्रेस गुल्मीका सभापति समेत हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ