arrow

सेनाले माग्यो ठूलो सङ्ख्यामा अधिकृत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३१ शुक्रबार
Nepal-army1.jpeg

काठमाडौँ ।  नेपाली सेनामा सेवा गर्न चाहनेका लागि जागिरको अवसर खुलेको छ । नेपाली सेनाले एकै पटक ठुलो सङ्ख्यामा २२९ जना अधिकृत माग गरेको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै सेनाले रिक्त रहेको सहायक सेनानी पदमा भर्नाका खुलाएको हो ।

 खुल्ला ११७, महिला २२, आदिवासी जनजाति ३०, मधेसी २८, दलित १४, पिछडिएको क्षेत्र ७ र नेपाली सेनाका परिवारका लागि ११ जना गरी २२९ जना अधिकृत माग गरेको छ । 

असोज ३० गतेसम्म फारम भर्न पाइने छ ।  फारम स्वयम्भू, इटहरी,बर्दिबास, हेटौडा, पोखरा, रुपन्देही, सुर्खेत र कैलालीमा सेनाले उपलब्ध गराउने छ । 

अधिकृतका लागि योग्यता प्रमाणपत्र तह उर्तिणका लागि १८ वर्ष पुरा भई २१ वर्ष ननाघेको र स्नातक तह उर्तिण गरेकाले १८ वर्ष पुरा भई २४ वर्ष ननाघेको र कार्यरत सैनिक जवानको हकमा २६ वर्ष ननाघेको हुनु पर्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ