arrow

कांग्रेस केन्द्रीय लेखा समितिका पूर्व सदस्य घिमिरेको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३१ शुक्रबार
nepali-congress-flag.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका नेता विजयराज घिमिरेको गए राति निधन भएको छ । कांग्रेस केन्द्रीय लेखा समितिका पूर्व सदस्य एवं पाल्पाका पूर्व महासमिति सदस्य विजयराज घिमिरेको गए राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

स्वर्गीय घिमिरे २०५६ र २०७४ को आमनिर्वाचनमा पाल्पा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा पार्टीको तर्फबाट उम्मेदवार थिए । वि.सं. २०२५ सालमा जन्मिएका स्वर्गीय घिमिरेले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको आजै अपराह्न १ बजे पशुपति आर्यघाट दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।
 
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । 

साथै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ