arrow

कुमारीले ल्यायो पाँचदेखि सय गुणासम्म रकम वृद्धि गर्ने रिकरिङ्ग निक्षेप योजना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३१ शुक्रबार
kumari-bank-hanabriddhi.jpg

काठमाडौं । कुमारी बैंक लिमिटेडले प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँचदेखि सय गुणा वृद्धि गर्ने विशेष ‘धनबृद्धि रिकरिङ्ग मुद्दती’ योजना ल्याएको छ । ग्राहकहरुले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्युनतम १० हजारदेखि १० लाख रुपैयाँसम्म प्रारम्भिक बिज रकम जम्मा गरी धनबृद्धि लक्ष्य प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

बैंकका अनुसार २ वर्ष ८ महिना ३ दिनमा ५ गुणा, ५ वर्ष १ महिना ११ दिनमा १० गुणा, ७ वर्ष ०५ दिनमा १५ गुणा, ८ बर्ष ६ महिना २७ दिनमा २० गुणा, १४ वर्ष ६ महिना १७ दिनमा ५० गुणा र १९ बर्ष ९ महिना १६ दिनमा १०० गुणा हुनेछ । 

यस आवर्ती योजना अन्तर्गत, प्रारम्भिक बिज रकमकोे १० प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहकको बचत खाताबाट सो मुद्दती खातामा रकम जम्मा हुने प्रावधान रहेको छ । यस योजनाबाट न्यूनदेखि उच्च आय वर्ग सबैलाई सुरक्षित भविष्यको आधार निर्माण हुने कुरामा यस बैंक विश्वस्त रहेको छ ।  यो योजना आश्विन १ देखि लागु हुने छ ।   

आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९५ एटीएम, ५३ शाखारहित बैंकिङ्ग इकाइ तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ