arrow

यो देह एकदिन नाश हुने नै हो 

logo
विष्णुप्रसाद तिमल्सीना,
प्रकाशित २०७९ असोज १ शनिबार
raja-rahugan-jadbharat.jpg

डाँकाहरुको सरदारले पुत्र कामनाको यज्ञ गर्दै थियो । जसको पूर्णाहुतिमा नर बलिको आवश्यकता थियो । डाँकाका सिपाहीहरुले उनलाई सोझो देखेर समातेर लगे । बलिको तयारी स्वरुप उनलाई इक्षुमति नदीमा स्नान गराइयो र भद्रकालीको मन्दिरमा लगियो । 

(श्रीमद्भागवत सप्ताह श्रवण गर्दा कुनै दिन यस प्रसंगलाई व्यासाशनमा रहेका पण्डितले इक्षुमति, हालको काठमाडौंको टुकुचा र भद्रकाली मन्दिर हालको टुडिखेलमा रहेको भनेर पनि बताउनु भएको थियो) । बलि दिन लाग्दा अकस्मात हुरी बतास आएर सबैलाई यत्र तत्र पार्यो । ती ब्राम्हण भगवानमा पूर्ण समर्पित थिए नै । उनको ज्यान बच्यो । उनी स्वच्छन्द घुम्न लागे । 

एकदिन सिन्धु देशका राजा पालकीमा चढेर सत्संगका लागि कपिल मुनीको आश्रमतिर गइरहेका थिए । उनी तत्व चिन्तक त थिए नै । तर पनि उनमा राजसी गुण बाँकी नै थियो । अकस्मात पालकी बोक्ने एउटा कामदार भाग्यो । उनका सेवकहरुले कामदार खोज्दै गए । 

ती ब्राम्हणलाई उनीहरुले देखे र पालकी बोक्ने काममा लगाए । ती ब्राम्हण आफ्नो पाइतालाले कीरा फटयाङ्ग्रा कुल्चेला भनेर जमीनमा हेर्दै हिंड्न थाले । उनको यस्तो चालाले पालकी हल्लन गयो । 

राजा रहुगणले पालकी भारकहरुलाई गाली गर्न थाले । उनीहरुले आपूmहरु ठीकसँग हिँडेको तर नयाँ कामदार ठीक नभएकाले पालकी हल्लन गएको कुरा बताए । 

राजा ती ब्राम्हणसँग रिसाए । उनमा राजा भन्ने अभिमान त थियो त्यसैले उनको देहलाई हेरेर अनेक प्रकारले गाली दिए तर पनि परमात्मामा समर्पित ती ब्राम्हणमा कुनै परिवर्तन आएन । 

यसरी राजाको गाली सुनेका जडभरतले राजालाई तपाईमा आफ्नो शरीरको अभिमान रहेछ, परमार्थको मार्गमा मालिक, नोकर भन्ने केही छैन, आजको राजा भोलि भिखारी बन्न सक्छ भने भिखारी पनि राजा बन्न सक्छ, यो देह एकदिन नाश हुने नै हो भन्ने जस्ता परमज्ञानयुक्त कुरा बताए । 

उनको यो कुरा सुनेर रहुगणलाई होश आयो । उनले पश्चात्ताप गरे अनि पालकीबाट ओर्ले र ब्राम्हणको चरण समाते । 

उनले आपूm कपिल मुनिको आश्रममा ज्ञान लिन जान लागेको कुरा बताए र उनको बारेमा सबै कुरा जान्न चाहे ।  

ती ब्राम्हणले आफ्नो पूर्व वृत्तान्त बताए र राजालाई विरक्त महापुरुषहरुको सत्सँग गरेर जग र जीवनको मिथ्वत्व बताउँदै श्री हरिको स्मरण गर्दै संसार सागरबाट पार हुनुपर्छ भनेर सबै ज्ञानको कुरा बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ