arrow

खाद्य कम्पनी मुगुले चामल र दालमा दियो छुट 

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०७९ असोज २ आइतबार
khadya-company-mugu.jpg

मुगु । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शनिवारबाट छुट मूल्यमा चामल तथा दाल विक्री गर्न शुरु गरेको छ ।

आउँदै गरेका नेपालीहरूका चाडपर्व वडादशैँ,तिहार र छड पर्वलाई लक्षित गदै कम्पनीले चामल तथा दालमा प्रति किलो ७ रुपैयाँका दरले छुट दिई विक्री गर्न शुरु गरेको हो।
कम्पनीको मुगु शाखामा शनिवार प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले सुपथ मूल्य पसलको उद्घाटन गदै छुट मूल्यमा चामल तथा दाल विक्री गर्न शुरु गरिएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रजिअ महतले सरकारले चाडपर्वमा कोही नेपालीले खाद्यान्न नपाएर खल्लो पर्व मनाउनु नपारोस् र सबैले खुशी र हर्षोल्लासका साथ मनायोस् भन्ने उद्देश्यले सदा झैँ यो वर्ष पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आफ्ना सेवामा छुट दिएकाले यसको भरपुर फाइदा लिन स्थानीयहरूलाई आग्रह गरे। 

उनले भने कम्पनीले सहुलियतमा खाद्यान्न मात्र वितरण नगरेर बजारमा हुने मूल्य वृद्घी नियन्त्रण गर्न सहयोग पुर्‍याउनुका साथै धनीले मात्र महँगो चामल बजार किनेर खान पाउने गरिबले पैसाको अभावमा किन्न नसक्ने विचको विचको दुरी समेत मेटाएछ ।

कम्पनीले मुगुमा ६ प्रकारका चामल र १ प्रकारको दाल विक्री गर्नेछ । चाडपर्वलाई लक्षित गरि मुगु शाखाले १५ सय क्युनिटल चामल सहुलियत मूल्यमा बिक्री गर्ने र शनिवारबाट विक्री शुरु गरेको कम्पनीले कार्त्तिक १५ गतेसम्म सहुलियत मूल्यमा छुट दिने मुगु शाखाका कार्यालय प्रमुख पुष्कर भामले जानकारी गराए ।

उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महतले सेवाग्रहि छायानाथ रारा नगरपालिका वडा नं ५ ताल्चका अछामपुरा कामी र वडा नं ४ का अक्कल रावललाई छुट मूल्यका चामल वितरण गरेका थिए । 

सेवाग्राहीहरूले आफ्नो नागरिकताको प्रतिलिपि लिएर आएमा प्रति व्यक्ति ५० केजी चामल र दाल पाउनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ