- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एलन मस्कको स्पेसएक्सले अन्टार्कटिकामा पनि स्टारलिंकको स्याटेलाइट इन्टरनेट पुर्याएको छ । नेशनल साइन्स फाउन्डेशन (एनएसएफ) ले विश्वको सबैभन्दा कठिन स्थानहरू मध्येको एक अन्टार्कटिकामा स्टारलिंक टर्मिनलको परीक्षणसँगै त्यहाँ पनि इन्टरनेट पुगेको जानकारी दिएकाे हाे ।
एक ट्विटमार्फत एनएसएफले अन्टार्कटिकाको तटमा रहेको टापुमा आधारित म्याकमुर्डो स्टेशनमा स्पेसएक्सको स्टारलिंक टर्मिनलको परीक्षण गरिरहेको जानकारी दिएको हो । कम्पनीले अमेरिकी अनुसन्धान सुविधामा स्टारलिंक डिश पठाएको छ।
म्याकमुर्डो स्टेशन कम्तिमा एक हजार मानिसहरू बसोबास गर्ने र गर्मीको समयमा त्यहाँ काम गर्ने क्षेत्र हो । त्यहाँ प्रतिकुल अवस्थामा स्याटेलाइट इन्टरनेट भरपर्दो हुँदैन।
बुधबार एनएसएफले ट्वीट गर्दै स्पेसएक्सको उपलब्धिको घोषणा गरेको हो । अमेरिकी अन्टार्कटिक कार्यक्रममा काम गरिरहेका वैज्ञानिकहरूले ब्यान्डविथ र कनेक्टिभिटी बढाउँदै दुर्गम महाद्वीपमा काम गर्न मद्दत गर्ने संकेत गरेका छन् ।
त्यसपछि स्पेसएक्सको ट्विटरमार्फत कम्पनीले अब सबै सात महादेशहरूमा आफ्नो सेवा पुगेको घोषणा गरेको थियो । रिपोर्ट अनुसार म्याकमुर्डो अन्टार्कटिकाको सबैभन्दा धेरै आबादी भएको स्टेशनहरू मध्ये एक हो र स्टेशनमा पहिले नै स्याटेलाइट इन्टरनेट भए पनि यो निकै सुस्त थियो ।
अहिले त्यहाँ १७ एमबीपीएसको इन्टरनेट भए पनि अब, स्टारलिंकले थप तीव्र गतिको इन्टरनेट उपलब्ध गराउने ठानिएको छ।