arrow

विश्वविद्यालयका ६० छात्राले नुहाएको भिडियो भाइरल, आठ जनाले गरे आत्महत्याको प्रयास

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २ आइतबार
chandigarh-university-india.jpg

काठमाडौ । भारतको मोहालीस्थित चन्डिगढ विश्वविद्यालयमा अध्ययनरत ६० छात्राहरुले होस्टलमा नुहाउँदै गरेको भिडियो भाइरल भएको छ । यो घटनापछि आठ जनाले आत्महत्या गर्ने कोसिस गरेका छन् । जसमा एक जनाको स्थिति गम्भीर रहेको बताइएको छ । 

उक्त भिडियो उनीहरुकै साथी छात्राले बनाएर एक केटा साथीलाई पठाएकी थिइन् । तर उक्त साथीले सो भिडियो सामाजिक संजालमा पोष्ट गरेपछि स्थिति गम्भीर बनेको हो । 

शनिबारदेखिको उक्त विश्वविद्यायमा भएको हंगामा अहिलेसम्म जारी रहेको छ । छात्राहरु र उनका परिवारले प्रदर्शन गरिरहेका छन् । 

प्रहरीले उक्त भिडियो पोष्ट गर्ने युवालाई खोजिरहेको बताइएको छ । विश्वविद्यालय प्रशासनले छात्राहरुको आत्महत्याको प्रयासलाई अश्वीकार गरेको छ । प्रहरीले पनि यसबारे कुनै जवाफ दिएको छैन । 

नुहाउँदै गरेको भिडियोमा आउने सबै छात्राहरु एमबीएमा पढ्छन् । आरोपी छात्राले लामो समयदेखि भिडियो बनाउँदै आएकी थिइन् । उनले ती भिडियो आफ्नो साथीलाई पठाउँदै आएकी थिइन् । 

आरोपी छात्राले आफूले नचिनेको साथीलाई उक्त भिडियो पठाएको होस्टल वार्डेनलाई बनाएकी छिन् । उनले गल्ती भएको र अबदेखि नगर्ने बारम्बार बताएको वार्डेनले जानकारी दिएका छन् । 

आरोपी छात्राले उक्त पुरुषसँगको सम्बन्ध अझै खोलेकी छैनिन् । भिडियो बाहिर आएपछि सबै छात्राले होस्टेल खाली गरेर बाहिर आएका छन् । उनीहरुले आफूहरुलाई न्याय चाहिएको बताएका छन् । 

छात्राहरुले विश्वविद्यालय घेरेका छन् । सुरक्षाकर्मीले विश्वविद्यालयको गेट बन्द गरिदिएको छ । पुलिसले लाठीचार्जसमेत गरेको छ । 

एसएसपी विवेकशील सोनीका अनुसार आरोपी छात्रालाई हिरासतमा लिएर पुछताछ गरिएको छ । उनको मोबाइल पनि लिइएको छ । आरोपीले उक्त भिडियो प्रेमीलाई पठाएको र उक्त भिडियो आफ्नो मात्रै भएको दाबी प्रहरीको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ