arrow

जापानमा नानमाडोल नामक भयानक आँधी, लाखौंलाई विस्थापित हुन आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २ आइतबार
nanmadol-typhoon-japan.jpg

काठमाडौं । आइतबार आउने शक्तिशाली आँधीको पूर्वानुमानसँगै जापानको दक्षिणपश्चिमका करिब २० लाख मानिसहरूलाई सुरक्षित स्थानतर्फ सर्न आदेश दिइएको सार्वजनिक प्रसारक संघ एनएचके जापानले जनाएको छ ।

एनएचकेका अनुसार आँधीले मुख्यरुपमा जापानको दक्षिणपश्चिमी टापुहरू मध्ये कागोशिमा प्रिफेक्चर भित्रको दक्षिणी क्युसु टापुमा प्रहार गर्ने पूर्वानुमान गरिएको छ ।  

'मौसम अधिकारीहरूले कागोशिमा प्रिफेक्चरको लागि प्राणघातक हावा, उच्च छालहरू र आँधीबेहरीको लागि आपतकालीन चेतावनी जारी गरेका छन्,' एनएचकेले भनेको छ ।

मियाजाकी, कागोशिमा र अमाकुसाका समुद्री किनारका सहरहरूबाट ९ लाख ६५ हजार घरपरिवारका बासिन्दाहरूलाई खाली गर्न आदेश दिइएको छ।

जापानको विपद् चेतावनी स्केलमा सबैभन्दा उच्च स्तरको पाँचौं लेबलको चेतावनी, क्युशु टापुको निशिनुमोटे सहरमा १४,००० भन्दा बढी मानिसहरूका लागि जारी गरिएको छ ।

आँधीले भारी वर्षा गराउने र भारी वर्षाको चेतावनी घोषणा गर्नुपर्ने सम्भावना समेत रहेको जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) ले जनाएको छ ।

पानीको बढ्दो सतह, नदीको बाढी, पहिरो प्रकोप एवं बाढीका लागि उच्च सतर्कता आवश्यक रहेको मौसम विज्ञान एजेन्सीले जनाएको छ । यससँगै तीव्र हावाले घरहरू भत्काउन सक्ने चेतावनीसमेत दिइएको छ भने बासिन्दाहरुलाई घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।

आँधीकै खतराका कारण जापान एयरलाइन्स र अल निप्पन एयरवेजले करिब ३ सय ३५ फ्लाइट रद्द गरिसकेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ