arrow

सुशील कोइरालालाई नेपालको सर्वोच्च मानपदवी  

९९८ जनालाई मानपदवी, अलङ्कार र पदकको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३ सोमबार
SUSHIL-KOIRALA_201104180955001.jpg.jpeg

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा कांग्रेस पूर्व सभापति स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्न दिइने भएको छ । संविधान दिवसको अवसरमा स्वर्गीय कोइरालालाई नेपालको सर्वोच्च मानपदवी नेपाल रत्नबाट सम्मान गर्न लागिएको हो ।  

कोइराला नेपालको संविधान जारी गर्दा देशको प्रधानमन्त्री थिए। उनकै नेतृत्वमा संविधान जारी भएको थियो । 

राष्ट्र गौरवबाट राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने [आश्रित], मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशी विभूषित हुने भएका छन् । 

 संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जनालाई मानपदवी, अलङ्कार र पदकको घोषणा गरेकी छन् । नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय अनुसार राष्ट्रपतिले सो घोषणा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

 राष्ट्रपतिको कार्यालयका अनुसार मानपदवीतर्फ नेपाल रत्न  एक, राष्ट्र गौरव तीन, सुप्रसिद्ध प्रबल नसेवाश्री  एक, प्रसिद्ध प्रबल जनसेवाश्री १४, सुकीर्तिमय राष्ट्रदीप १७, सुप्रबल जनसेवाश्री एक सय ६५, कीर्तिमय राष्ट्रदीप छ, प्रबल जनसेवाश्री तीन सय २२, राष्ट्रदीप  दुई, जनसेवाश्री  दुई सय सातलाई विभूषण गरिनेछ  ।

 यस्तै अलङ्कारतर्फ राष्ट्र यशोवर्द्धक १०, परम पौरख भास्कर दुई, नेपाल प्रताप सुभूषण ३८, नेपाल सेवा प्रवीण २३, अतिपौरख भाष्कर आठ, नेपाल प्रताप आभूषण १९, समाजसेवा रत्न ३८, महापौरख भाष्कर १८ र नेपाल प्रताप भूषण २३ जनालाई प्रदान गरिनेछ ।

पदकतर्फ राष्ट्रसेवा पदक प्रथम श्रेणी छ, शिक्षाज्योति पदक १८, सगरमाथा पदक  १३, सुकीर्ति पदक  १२, वीरता पदक आठ, सौर्य पदक एक, प्राकृतिक प्रकोप पीडितोद्धार पदक सात, विकास रत्न पदक १६ जनालाई दिने घोषणा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ