arrow

डेंगीबाट २७ वर्षीय पुरुषको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ४ मंगलबार
dangue.jpg

चितवन । पूर्वी चितवनको रत्ननगरमा डेंगी रोगबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर – १ का २७ वर्षीय पुरुष रहेका छन् ।

उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । अस्पतालका फिजिसियन डा आलोक प्रधानका अनुसार डेंगी सङ्क्रमणका पुष्टि भएर उपचारका क्रममा उनको मृत्यु भएको हो । 

अध्ययनका क्रममा काठमाडौँ बस्दै आएका उनमा ज्वरोका कारण पुरानो मेडिकल कलेजमा भर्ना भएका थिए ।

जिल्लामा हालसम्म चार सय २९ जनामा डेंगीको सङक्रमण पुष्टि भएको छ । दुई हजार आठ सय ७७ जनाको नमूना परीक्षणका क्रममा उनीहरुमा डेंगी देखिएको हो । 

जिल्लामा भेटिएका डेंगीका बिरामीमध्ये ६२ जनाको ठेगाना नखुलेको र एक सय छ जिल्ला बाहिरका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ