arrow

प्रत्यक्षतर्फको सिट बाँडफाँटमा जुट्यो गठबन्धन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ४ मंगलबार
gathabandha-five-parties (1).jpg

काठमाडौं । आसन्न निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाएपछि सत्तारुढ गठबन्धन प्रत्यक्षतर्फको सिट बाँडफाँटमा जुटेको छ । आउँदो ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सोमबार निर्वाचनमा आयोगमा बुझाएका गठबन्धनआवद्ध दलहरु मंगलबार प्रत्यक्षतर्फको सिट बाँडफाँटमा जुटेका हुन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यसहित शीर्ष नेताहरुको प्रत्यक्षतर्फको सिटको भागबण्डा मिलाउन बैठक बसिरहेको हो । 

आसन्न निर्वाचनमा तालमेल गरेर जाने बताएका दलहरुबीच सिट बाँडफाँटमा सहमति जुट्न सकेको छैन । 

सिट बाँडफाँटका लागि गठबन्धनले कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो । 



नयाँ