arrow

कमल थापाका कार्यकर्ताहरु धमाधम एमालेमा छिर्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ४ मंगलबार
rpp-nepal-uml-party-prabesh.jpg

काठमाडौं । दर्जनौं कार्यकर्तासहित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य धीरजकुमार शाही र दैलेख जिल्लाका अध्यक्ष नवीनकुमार शाही  नेकपा एमालेमा प्रवेश गरेका छन् । शाही दैलेखका स्थायी बासिन्दा हुन् ।

पार्टी कार्यालय, च्यासल, ललितपुरमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव शंकर पोखरेलले उनीहरूलाई खादा लगाई पार्टीमा स्वागत गरेका हुन् । 
 
यसअघि राप्रपा नेपालका उपाध्यक्ष राजेन्द्रवीर राय नै एमालेमा प्रवेश गरेका थिए । राप्रपा नेपालबाट धमाधम नेता कार्यकर्ताहरु एमालेमा छिर्ने क्रम जारी रहेको छ । 

अध्यक्ष कमल थापा भने मकवानपुरबाट चुनाव लड्दै छन् । उनको पकड बलियो रहेको बताइन्छ । उनलाई एमालेले नै सघाउने बताइएको छ । 

कमल थापाको प्रचारका लागि भाइ कमल थापा लामो समयदेखि हेटौंडामै रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ