arrow

हिमाल पारीको कारागारमा दुई कैदीबन्दी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ५ बुधबार
prison-jail.jpg

मनाङ । हिमाल पारीको जिल्ला मनाङको कारागारमा दुई जना मात्र कैदीबन्दी रहेका छन् । कारागारका अनुसार जबर्जस्ती करणी मुद्दाका एक र सुन चोरी पैठारी मुद्दामा एक जनाले कैद भुक्तान गरिरहेका छन् । 

एक जनाले चालु आर्थिक वर्षमा मात्रै जबर्जस्ती करणी मुद्दामा जेल चलान भई कैद भुक्तान गरिरहेको मनाङ जिल्ला अदालतका स्रेस्तेदार तारादत्त बडूले जानकारी दिए । उनका अनुसार एक जनाले भने १७ किलोग्राम सुन चोरी पैठारी मुद्दामा कैद भुक्तान गरिरहेका छन् । 

हालसम्म मनाङको कारागार शिक्षा कार्यालयको भवनमा राखिएको छ । देशकै कम कैदीबन्दी रहने मनाङमा तराई क्षेत्रमा निर्माण गरिने डिजाइनमा कारागार निर्माण गरिएको छ । 

करिब रु दुई करोडको लागतमा उक्त कारागार भवन निर्माण गरिएको भए पनि शिक्षाकै भवनमा कैदीबन्दी राखिँदै आएको स्रेस्तेदार बडूले बताए । देशका विभिन्न जिल्लाका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् तर मनाङमा करिब शून्यजस्तै हुने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ