arrow

‘बद्रीविक्रम पूर्णिमा पुरस्कार’बाट प्रेमदेव र शेखर पुरस्कृत 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ५ बुधबार
shrastha-samman-kohalpur.jpg

नेपालगञ्ज । सुर्खेतका लोकसंस्कृतिकर्मी तथा कलाकार प्रेमदेव गिरी र थारु भाषाका आख्यानकार शेखर दहितलाई पुरस्कृत भएका छन् । कोहलपुरस्थित साहित्यिक संस्था हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले उनीहरुलाई सम्मान गरेको हो । 

कोहलपुरमा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले ‘कर्मयोगी बद्रीविक्रम पूर्णिमा वाङ्मय पुरस्कार — २०७९’ कलाकार गिरी तथा ‘कर्मयोगी बद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कार — २०७९’ आख्यानकार दहितलाई प्रदान गरे । दुवै स्रष्टाहरूलाई पुरस्कारकासाथ जनही नगद राशि २० हजार ५ रुपैयाँ प्रदान गरिएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख आचार्यले कलाकार प्रेमदेव गिरी र शेखर दहितको साहित्यक सक्रियताको चर्चा गर्दै पुरस्कार संस्थापक कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले कोहालपुरसम्म आएर पुरस्कारको व्यवस्था गरेकोमा खुशी व्यक्त गरे । गुठीको यो कार्य सदा अविस्मरणीय रहेको उनले उल्लेख गरे ।

आख्यानकार सनत रेग्मीले बद्रीविक्रम थापाको शैक्षिक सामाजिक क्रियाशीलताको चर्चा गर्दै थापा प्रेरक व्यक्ति भएको बताए । 

बद्रीविक्रम थापाका सुपुत्र, गुठीका कोषाध्यक्ष किरण थापाले आफ्ना बुबाले बडाहाकिम र अंचलाधीश भई काम गरेका १२ स्थानमा शिक्षा, स्वास्थ्य तथा साहित्यका क्षेत्रमा पुरस्कार तथा सम्मानको व्यवस्था गर्न लागिएको बताउँदै त्यसको शुरुआत बाँकेको कोहलपुरबाट भएको उल्लेख गरे ।

कार्यक्रममा पुरस्कृत स्रष्टाहरू प्रेमदेव गिरी, शेखर दहित, श्रीओम श्रेष्ठ रोदन, कपिल अञ्जान, सुमित्रा न्यौपानेलगायतले बोलेका थिए ।

उक्त अवसरमा युवा गजलकार कमल संघर्षले २० वटा गजल वाचन गरेका थिए ।    

  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ