arrow

डिला सङ्ग्रौलाका ससुराको निधनमा प्रधानमन्त्री दुःखी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ६ बिहिबार
sher-bd-deuba.JPG

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा डिला सङ्ग्रौलाका ससुरा समाजसेवी एवम् ज्योतिष कृष्णप्रसाद सङ्ग्रौलाको निधन भएको छ । 

समाजसेवी सङ्ग्रौलाको असोज ३ गते बेलुका ८ बजे आफ्नै निवास मोरङ विराटनगर महानगरपालिका–३ मा ९५ वर्षको उमेरमा निधन भएको थियो । 

कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले समाजसेवी सङ्ग्रौलाको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

सभापति देउवाका तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका सचिव डा प्रदीप पराजुलीले शोक विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेका हुन् । 

सभापति देउवाले स्व कृष्णप्रसादप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ