arrow

पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमालेमा प्रवेश, बर्दीमै सघाएका थिए एमालेलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ६ बिहिबार
oli-sarvendra-khanal.jpg
तस्बिर – फाइल ।

काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा खनाललाई पार्टीमा स्वागत गरेका हुन् । 

महानिरीक्षकबाट सेवानिवृत्त हुँदादेखि नै उनी एमालेमा प्रवेश गर्ने तयारीमा थिए । तर समयको पर्खाइसँगै चुनाव आइरहँदा उनी ढिला गरी एमालेमा छिरेका हुन् । ओली प्रधानमन्त्री रहेकै बेलादेखि तत्कालीन महानिरीक्षक खनालले एमालेका लागि काम गर्दै आएका थिए । खनाललाई जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेको थियो ।

अब खुलेआम पार्टीमा छिरेसँगै थप पार्टीले थप पुरस्कार दिने अनुमानसमेत गरिएको छ । यसअघि पूर्व डीआईजी नवराज सिलवालले पुरस्कार पाइसकेका छन् । उनी पार्टी प्रवेश गर्नासाथ सांसद भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ