arrow

मकवानपुरको भीमफेदीमा बस दुर्घटना, ६ जनाको मृत्यु, २२ बढी घाइते

logo
रविन्द्र गौतम,
प्रकाशित २०७९ असोज ६ बिहिबार
dddd.jpg

मकवानपुर  । मकवानपुरको भीमफेदी गाउँपालिका स्थित जुरीखेतमा यात्रुबाहक बस दुर्घटना भएको छ । बिहीबार दिउँसो काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा ३ ख ७८५८ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा २२ जना भन्दा बढी घाइते भएको र घाइतेलाई अस्पताल पठाउने काम भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख वामदेव गौतमले जानकारी दिए । 

बसमा कति यात्रु थिए भन्ने बारे खुलेको छैन । बस डाँडाबाट खस्दा तल्लो सडकमा गुडिरहेको मधेस प्रदेश-०३-००१ ज ०२७१ नम्बरको सुमोमा ठोक्किएको प्रहरीले जनाएको छ । अहिले घाइतेको उद्दार भैरहेको छ थप विवरण आउँ बाकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ