arrow

दक्षिण कोरिया र जापानबीच २०१९ पछि पहिलो पटक द्धिपक्षीय वार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ६ बिहिबार
Yoon-Suk-yeol-Fumio-Kishida.jpg

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल र जापानी प्रधानमन्त्री फुमियो किशिदाबीच बुधबार पहिलो पटक भेटवार्ता भएको छ । वार्ताका क्रममा उनीहरुले ऐतिहासिक विवादले घेरिएको सम्बन्ध सुधार गर्नुपर्ने आवश्यकतामा सहमति जनाएका छन् ।

संयुक्त राष्ट्र संघको ७७ औं महासभाको साइडलाइनमा न्यूयोर्कमा दुवै नेताबीच भेट भएको हो । सन् २०१९ पछि दुई देशका नेताहरूबीच भएको यो पहिलो भेटवार्ता हो ।

मेमा पदभार ग्रहण गरेका युन टोकियोसँगको सम्बन्ध सुधार गर्न इच्छुक छन् । कोरियाली प्रायद्वीपमा जापानले १९१० देखि सन् १९४५ सम्म गरेको उपनिवेशबाट उत्पन्न विवाद अझैं साम्य भइसकेको छैन् ।

यी दुवै देशहरू उत्तर कोरियाको विकसित आणविक र मिसाइल खतराहरूको सामना गरिरहेका छन्। यसबीच जापानले पनि रणनीतिक सहयोगको महत्वलाई जोड दिएको छ ।

'दुई नेताहरू विचाराधीन मुद्दाहरू समाधान गरेर सम्बन्ध सुधार गर्ने आवश्यकतामा सहमत भएका छन् । जसका लागि उनीहरूले आपसमा छलफल जारी राख्दै कूटनीतिक वार्तालाई गति दिन सहमत भएका छन्,' युनका उप प्रवक्ता ली जे म्योङले एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।

लीले दुवै नेताहरूले उत्तर कोरियाको आणविक कार्यक्रमको बारेमा गम्भीर चासोहरू राखेको बताएका छन् । जसमा आणविक हतियारको पहिलो प्रयोगलाई अधिकार दिने हालैको कानून र २०१७ पछि पहिलो पटक आणविक परीक्षण पुनः सुरु गर्ने सम्भावना समावेश छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ