arrow

मकवानपुर दुर्घटना अपडेट- मृतकको संख्या सात पुग्यो, १८ बढी घाइतेमध्ये पाँच जना गम्भीर

logo
रविन्द्र गौतम
प्रकाशित २०७९ असोज ६ बिहिबार
dddd.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित जुरीखेतमा यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । बिहीबार दिउँसो काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा ३ ख ७८५८ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार ६ जनाको घटना स्थलमै मृत्यु भएको थियो । गम्भीर घाइते मध्ये १ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा १८ जना भन्दा बढी घाइते भएकोमा ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेलाई अस्पताल पठाउने काम भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख वामदेव गौतमले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ  ।

बस डाँडाबाट खस्दा तल्लो सडकमा गुडिरहेको मधेस प्रदेश-०३-००१ ज ०२७१ नम्बरको सुमोमा ठोक्किएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ