arrow

मकवानपुर दुर्घटना अपडेट- तेत्तीस यात्रु सवार, मापसे गरेका थिए चालकले

logo
रविन्द्र गौतम
प्रकाशित २०७९ असोज ६ बिहिबार
dddd.jpg

मकवानपुर । मकवानपुरको जुरिखेत दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । हेटौंडा-कुलेखानी-काठमाडौं जोड्ने छोटो दूरीको राजमार्ग अन्तर्गत जिल्लाको भीमफेदी गाउँपालिका-६ जुरिखेतमा बिहीबार दिउँसो काठमाडौंबाट विरगंज आउँदै गरेको ना. ३ ख ७८५८ नंबरको बस दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको र भोमफेदी स्वास्थ्य केन्द्रमा उपचारको क्रममा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते मध्ये २३ जनालाई हेटौंडा ल्याइएको छ भने अन्यलाई काठमान्डौ लागिएको छ । हेटौंडा ल्याइएका मध्ये ४ जनालाई थप उपचारका लागी भरतपुर पाठाइएको हेटौंडा अस्पतालले जनाएको छ ।

दुर्घटना भएको बस बल्खुबाट ३३ यात्रु लिएर आएको थियो । बसमा चालक र सहचालकसहित ३५ जना रहेको बसमा सवार घाइतेले बताएका छन् । घाइतेका अनुसार चालकले कुलेखानीको एक होटलमा रक्सी खाएको र देउरालीको ओरालोमा तीव्र गतिमा बस चलाउँदा अनियन्त्रित भएर बस खसेको हो ।

बस चालक फरार रहेको बुझिएको छ भने उक्त बसको रोड परमिट नभएको र अन्यत्रै चल्ने बस रिजर्व गरेर हेटौंडाका लागि छुटेको गाडीमा सवार घाइतेहरुले बताएका छन् ।

मृतकको अझै सनाखत हुन सकेको छैन भने घाइते अधिकांश मधेस प्रदेश र भारतका रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ