arrow

मृतक दुईको सनाखत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ७ शुक्रबार
dddd.jpg

हेटौंडा ।  जिल्लाको भीमफेदी गाउँपालिका-६ जुरिखेतस्थित सडकखण्डमा बिहीवार दिउँसो सवारी दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ ।

मृतकमध्ये दुईको सनाखत भएको र बाँकी पाँच जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक एवं प्रवक्ता रामचन्द्र घिमिरेले जानकारी दिए । 

हालसम्म बारा जिल्ला निवासी अन्दाजी वर्ष ३३ की अञ्जुला मिया ठकुराई र नुवाकोट जिल्ला स्थायी घर भई हाल रौतहटको गौरमा कार्यरत सुरक्षाकर्मी अन्दाजी वर्ष ३४ का रघुराज न्यौपानेको मात्रै सनाखत भएको प्रवक्ता घिमिरेले बताए । 

बिहीवार दिउँसो काठमाडौँबाट वीरगञ्जका लागि छुटेको बा ३ ख ७८५८ नम्बर यात्रुबाहक बस भीमफेदी-कुलेखानी सडकखण्डको जुरिखेतस्थित ११ घुम्तीको ओरालोमा दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएका २५ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । बसमा ३३ जना सवार थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ