arrow

घरमा पाकिस्तानको शान, इङ्गल्याण्डको बेहाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ७ शुक्रबार
azam-rizwan-pakistan.jpg

काठमाडौं । घरेलु टोली पाकिस्तानले इङ्गल्याण्डविरुद्धको दोस्रो टी–२० क्रिकेटमा शानदार जित हासिल गरेको छ । कराँचीमा बिहीबार राति भएको खेलमा पाकिस्तानले पाहुना टोलीलाई १० विकेटले पराजित गरेको हो ।

इङ्गल्याण्डले दिएको दुई सय रनको विजयी लक्ष्य घरेलु टोलीले १९.३ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो । पाकिस्तानका लागि मोहम्मद रिजवान र कप्तान बाबर अजामले अविजित रहँदै २ सय ३ रनको कीर्तिमानी साझेदारी गरे ।

प्लेयर अफ द म्याच अजामले ६६ बलमा ५ छक्का र ११ चौकाको सहयोगमा १ सय १० रन बनाए । रिजवनले ५१ बलमा ४ छक्का र ५ चौकाको मद्धतले ८८ रन बनाए । 

त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो । कप्तान मोइन अलीले २३ बलमा अविजित रहँदै ५५ रन बनाए । 

बेन डुकेटले २२ बलमा ४३ रन बनाए । ह्यारी ब्रुक्सले ३१ रन बनाए । 

यो जितिसँगै घरेलु टोलीले ७ खेलको श्रृंखलामा १–१ को बराबरी गरेको छ । पहिलो खेलमा इङ्गल्याण्ड ६ विकेटले विजयी भएको थियो । 

तेस्रो खेल आजै राति ८ः१५ बजे शुरु हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ