arrow

मनोहरा फाँटमा ट्रकको ठक्करबाट बालकको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ७ शुक्रबार
accident-final-1618290232.jpg

भक्तपुर । भक्तपुरको मनोहरा फाँटमा आज बिहान ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भइ मनोहरा फाँट बस्ने १७ महिनाका सलिन श्रेष्ठ हुन् । 

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा समिट अस्पताल लोकन्थलीमा मृत्यु भएको हो । सडक छेउँमा खेल्दै गरेका उनलाई आज बिहान पौने ९ बजे बा ५ ख ७८१७ नम्बरको पानी बोकेको ट्रकले ठक्कर दिएको थियो । 

ट्रक सहित चालकलाई प्रहरी वृत्त ठिमी भक्तपुरले नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ