arrow

कांग्रेसले मतदाताको सुझावअनुसार नै घोषणापत्र बनाउने, सुझाव दिन आह्वान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ८ शनिबार
congress-flag3.jpg

काठमाडौं । नेपाली कांग्रेसले मतदाताको सुझावअनुसार नै आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको घोषणापत्र बनाउने भएको छ । त्यसका लागि कांग्रेसले मतदाताको सुझाव आह्नान गरेको छ । 

कांग्रेसले प्रविधिका विभिन्न माध्यमबाट सुझाव मागेको हो । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठिन घोषणापत्र तयारी समितिले जनभावना संकलन गर्नका लागि सुझाव आह्वान गरेको हो । 

समितिले त्यसका लागि आन्तरिक छलफलदेखि ‘प्रत्यक्ष सार्वजनिक संवाद’ सम्मका कार्यक्रम गरिरहेको समितिका प्रवक्ता एवम् सहमहामन्त्री जीवन परियारले बताए ।

कांग्रेसले ह्वाट्स एप, भाइवर, इमो, आफ्नो आवाज रेकर्ड गराएर, क्यूआर कोड स्क्यान गरेर, ई–मेल, ट्वीटर, फेसबुक लगायतको प्रयोग गरेर सुझाव दिनसमेत आह्वान गरेको छ । 



नयाँ