arrow

रोहितको कप्तानी इनिङ्स, विराटको बेहाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ८ शनिबार
rohit-sharma-dinesh-kartik.jpg

काठमाडौं । भारतले अष्ट्रेलिया विरुद्धको दोस्रो टी–२० क्रिकेट खेल जितेको छ । नागपुरमा शुक्रबार राति भएको खेलमा भारत ६ विकेटले विजयी भएको हो ।

वर्षाले प्रभावित खेललाई ८ ओभरमा झारिएको थियो । जसमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५ विकेटको क्षतिमा ९० रन बनायो । म्याथ्यु वाडेले २० बलमा अविजित रहँदै ४३ तथा ओपनर कप्तान आरोन फिन्चले १५ बलमा ३१ रन जोडे । अक्षर पटेलले २ विकेट लिए ।

जवाफमा भारतले ७.२ ओभरमै ४ विकेटको क्षतिमा जित हासिल गर्यो । भारतका लागि कप्तान रोहित शर्माले कप्तानी इनिङ्स खेल्दै प्लेयर अफ द म्याच हुने क्रममा २० बलमा अविजित रहँदै ४६ रन जोडे ।

पूर्व कप्तान विराट कोहलीको भनै अझै पनि बेहाल नै रहेको छ । उनले ११ रनमात्र बनाउन सके । दिनेश कार्तिकले २ बलमा अविजित रहँदै १० रन बनाए । 

भ्रमणकारी टोलीका लागि एडम जाम्पाले ३ विकेट लिए ।

पहिलो खेलमा अष्ट्रेलिया ४ विकेटले विजयी भएको थियो । यो जितसँगै तीन खेलको श्रृंखलामा भारतले १–१ को बराबरी गरेको छ ।

दुई टोलीबीचको तेस्रो तथा अन्तिम टी–२० आइतबार हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ