- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु । कपिलवस्तुमा भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिकाको दुई स्थान र बुद्धभूमि नगरपालिकाको एक स्थानमा भएको सडक दुर्घटनामा ३ जनाको ज्यान गएको हो ।
कपिलवस्तुमा शिवराज नगरपालिका ३ मा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । शनिबार बिहान गुल्मी घर भएका ३४ वर्षका बमबहादुर थापाको मृत्यु भएको हो । पश्चिमवाट पूर्व जाँदै गरेको ना ८ ख ३८२९ नम्बरको ट्रकको ठक्कर बाट थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ससुराली घर आएका थापा छोरीसहित बिहान बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएको थियो । थापाको उपचारका लागि चन्द्रौटा लैजाँदै गर्दा मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजंग साहीले बताए । दुर्घटनाबाट उनकी ३ वर्षीय छोरी अनु थापाको खुट्टा र टाउकोमा चोट लागेको छ । घाइते छोरी थापाको बुटवलमा उपचार भइरहेको छ ।
यसैबीच कपिलवस्तुको शिवराज नगरपालिका वडा नं। १ मा शनिबार बिहान पिकअप बलेरो र मोटर साइकल एक आपसमा ठोकिदाँ मोटरसाइकल चालकको निधन भएको छ । दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ४५ वर्षका चन्द्रमणी ज्ञवालीको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृुत्यु भएको वडा प्रहरी कार्यालय प्रमुख कपिल शाहिले जानकारी दिए ।
पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पश्चिमबाट पूर्व तर्फ गइरहेको बाप्र ०१–०२५ च ९२४४ नंम्बरको बलेरो र विपरीत दिशाबाट आइरहेको लु ५७ प ५८०३ नम्बरको मोटरसाइकल ठोक्किएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । दुवै घटनामा संलग्न सवारी साधन र चालक प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यलय चन्द्रौटाले जनाएको छ ।
तस्तै कपिलवस्तुको बुद्धभूमि–४ बुड्ढीमा यात्रुबाहक बस र ट्रक ठक्कर हुँदा १ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् । काठमाडौंबाट दाङतर्फ जाँदै गरेको ना ७ ख ५९५९ नम्बरको बस र ना ५ ख ५६६५ नम्बरको ट्रक शनिबार दिउँसो ३ बजे एक आपसमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
ट्राफिक प्रहरी निरीक्षक योगेन्द्र तिमिलसिनाले मृत्यु हुने महिलाको सनाखत भई नसकेको जानकारी दिए ।घाइतेमध्ये २० जनाको स्थानीय बुद्धपोली क्लिनिक र ११ जनाको कपिलवस्तु अस्पतालमा उपचार भइरहेको उनले बताए ।