arrow

मन्त्रिपरिषद्को बैठकका एजेण्डाको बारेमा राष्ट्रपति भण्डारीको चासो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ९ आइतबार
rastrapati-vidyadevi-bhandari.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत एजेण्डाको बारेमा चासो राखेकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई लिखित रुपमा नै पत्र पठाउँदै राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद बैठकमा प्रस्तुत हुने प्रस्तावका बारेमा चासो राखेको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए ।

 ‘प्रधानमन्त्री कार्यालयलाई पत्रचार गरेर बैठकका विषयमा जानकारी गराउन आग्रह गरिएको छ’, स्रोतले भन्यो । संविधानको धारा ८१ लाई टेकेर राष्ट्रपति भण्डारीले क्याबिनेट बैठकका एजेण्डाहरु शुरुमा नै आफूलाई जानकारी गराउन आग्रह सहितको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएकी स्रोतको दाबी छ । 

संविधानको धारा ८१ उल्लेख गर्दै आफूलाई जानकारी गराउनुपर्ने विषय राष्ट्रपतिले पत्रमा उठाएकी हुन् । धारा ८१ मा प्रधानमन्त्रीले देहायका विषयहरुमा राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने उल्लेख छ । 

त्यस्तो विषयमा मन्त्रिपरिषद्को निर्णय, संघीय संसदमा पेश गरिने विधेयक, यी दुई कुरामा उल्लेखित विषयमा राष्ट्रपतिले जानकारी मागेको स्रोतको दाबी छ ।

राष्ट्रपति भण्डारीले गत असोज ५ बजे प्रधानमन्त्री कार्यालयलाई लिखित पत्र नै लेखेकी थिइन् । 

नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको उल्लंघन गरेकी भण्डारीले आफूलाई एक कदम अगाडि बढाउँदै मन्त्रिपरिषद्सँग निहूँ खोजेको प्रधानमन्त्री कार्यालयको बुझाइ छ ।  

सर्वोच्च अदालतलेसमेत दुई पटकसम्म संसदबाट पारित भएर आएको नागरिकता विधेयकलाई किन प्रमाणीकरण नगरेको भनी कारण देखाउ आदेश जारी गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ