- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतले नौ वर्षपछि पहिलो पटक घरेलु मैदानमा अष्ट्रेलियाविरुद्धको टी–२० क्रिकेट श्रृंखला जितेको छ । तेस्रो टी–२० मा ६ विकेटले हराउँदै भारतले श्रृंखला २–१ ले जितेको हो ।
भारतले घरेलु मैदानमा सन् २०१३ पटि पहिलो पटक अष्ट्रेलियालाई हराएको हो । यसअघि सन् २०१७–१८ मा १–१ को बराबरी भएको थियो भने सन् २०१८–१९ मा अष्ट्रेलिया २–० ले विजयी भएको थियो ।
हैदराबादमा भएको तेस्रो खेलमा अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १८६ रन बनायो । टिम डाभिडले २७ बलमा ५४ तथा क्यामरुन ग्रिनले २१ बलमा ५२ रन बनाए । भारतका अक्षर पटेलले ३ विकेट लिए ।
जवाफमा भारतले एक बल खेल्न बाँकी छँदै ४ विकेटको क्षतिमा जित हासिल गर्यो । प्लेयर अफ द म्याच सूर्यकुमार यादवले ३६ बलमा ६९ रन बनाए । विराट कोहलीले ४८ बलमा ६३ रन जोडे । हार्दिक पाण्डेयाले १६ बलमा अविजित रहँदै २५ रन बनाए । कप्तान रोहित शर्मा भने १४ बलमा १७ रन बनाउर आउट भए ।