arrow

दलित र ब्राम्हणको जमरा एकै स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ११ मंगलबार
jamara.jpg

नुवाकोट।  नुवाकोटको बेलकोटमा दलित र ब्राम्हण समुदायको एकैस्थानमा जमरा राखिएको छ । बेलकोटगढी नपा–१०, बेलकोटस्थित निरञ्जना भगवतीको मन्दिरमा रहेको दशैं घरमा सामूहिक जमरा राखिएको हो । 

यो वर्ष १२ घर दलित समुदायको सहित एक सय ८१ परिवारले दशैं घरमा सामूहिक जमरा राखेको मन्दिरमा पुजारी नारायणप्रसाद पौडेलले जानकारी दिए । सामूहिक जमरा दलित, ब्राम्हण, क्षेत्र, नेवार, मगरले राखेका हुन् । 

मन्दिरमा गाउँमा दलितसहित सबै समुदायको सामूहिक जमरा राख्ने चलन धेरै वर्ष पुरानो भएको मन्दिरका उपासे मानबहादुर रानाले बताए । “यो परम्परा पृथ्वीनारायाण शाहकै पालादेखिको चलन भएको बुढापाकाले बताउने गरेका छन्”, रानाले भने “दलित र गैरदलितको जमरा एकै स्थानमा राख्ने चलनले अहिलेसम्म निरन्तरता पाइरहेको छ ।”

दशैं घरको वैधिक विधिपूर्वक दशैं दिन पूजा हुने गरेको छ । सामूहिक जमरा राखेकाले विजया दशमीको दिन मन्दिरमा जमरा पूजा गरी घरघरमा लैजाने चलन रहेको निरञ्जना भगवती गढी क्षेत्र विकास संरक्षण समितिका पूर्वअध्यक्ष कालीबहादुर तिवारीले बताए । मन्दिरको पुजारी पौडेल खलकका र उपासे मगर समुदायका रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ