arrow

विवेकशीलबाट परिवारकै पार्टीमा फर्किइन् श्रेष्ठ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ११ मंगलबार
anupama-shrestha.jpg

काठमाडौं । विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य अनुपा श्रेष्ठ कांग्रेसमा प्रवेश गरेकी छन् । कांग्रेस परिवारमा हुर्किएकी श्रेष्ठलाई सोमबार कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको सदस्यता दिएर स्वागत गरेका छन् । 

काँग्रेस परिवारमा हुर्किएकी श्रेष्ठ यसअघि २०७४ को निर्वाचनमा काठमाडौं ७ बाट विवेकशील साझा पार्टीको तर्फबाट उम्मेदवार थिइन्। उनले मुलुकको हितका लागि कांग्रेसको विकल्प नभएको भन्दै कांग्रेसमा प्रवेश गरेको बताइन् । 

उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा राम्रो एक्सपोजर पाएकी सञ्चारकर्मी हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ