arrow

आबेको आज राजकीय सम्मानका साथ अन्त्येष्टि

खर्चको जापानमा विरोध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ११ मंगलबार
abes-funeral.jpg

काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । नेपाली समय अनुसार बिहान १०:३० बजे टोकियोको निप्पोन बुडोकान कम्युनिटी सेन्टरमा उनको राजकीय अन्त्येष्टि हुनेछ ।

आबेको जुलाई ८ मा गोली हानी हत्या भएको थियो । त्यसपछि १५ जुलाईमा अन्तिम संस्कार गरिएको थियो । अहिले गर्न लागिएको राजकीय अन्त्येष्टि प्रतीकात्मक हो । कार्यक्रममा सहभागी हुन २१७ देशका प्रतिनिधिहरू जापान पुगेका छन् ।

राज्य पाहुनाहरूले सबैभन्दा पहिले राज्यको अन्त्येष्टिमा आबेलाई श्रद्धाञ्जली अर्पण गर्नेछन्। त्यसपछि राष्ट्रिय गानसँगै आबेको सम्झनामा दुई मिनेट मौन धारण गरिने छ । 

जापानी प्रधानमन्त्री फुमियो किशिदा, संसद्का सभामुख हिरोयुकी हासोदा, सर्वोच्च अदालतका प्रधानन्यायाधीश साबुरो तोकारा र आबेका निकट सहयोगी पूर्व प्रधानमन्त्री योशिहिदे सुगाले अन्त्येष्टिमा भाषण दिनेछन्।

आबेको राजकीय अन्त्येष्टि सरकारले गरेको खर्चको जापानमा विरोध भएको छ । प्रतीकात्मक अन्तिम बिदाइ कार्यक्रममा करिब ९७ करोड रुपैयाँ खर्च भएको छ । यही कारणले यसको विरोध भइरहेको छ । विपक्षी र आम जनताले सरकारी खर्चमा आबेको अन्त्येष्टि गर्नु भनेको पैसाको बरबादी हो भनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ