arrow

बागलुङमा सवारी दुर्घटना, सात जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ११ मंगलबार
Accident.jpg

पोखरा । बागलुङमा सवारी दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

काठमाडौं-पोखरा हुँदै बागलुङ जाँदै गरेको बा४ख ७९४ नम्बरको माइक्रो बसलाई बागलुङबाट पोखरा आउँदै गरेको ग१च ९२७३ नम्बरको बसले मालढुंगा नजिकै ठक्कर दिँदा सात जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र गिरीका अनुसार बागलुङ नगरपालिका वडा नं. १ मालढुंगामा नजिकै बस र माइक्रो बस ठोक्किएको हो ।

दुर्घटनामा परी घाइते हुनेहरूमा काठेखोला गाउँपालिका वडा नं. ८ लेखानीका ३९ वर्षीय गङ्गाबहादुर कामी, सिगानाका ५३ वर्षका रामेन्द्र खड्का, २० वर्षकी गौरी खड्का, काठेखोला गाउँपालिका वडा नं. २ की २४ वर्षकी तारा पौडेल, २५ वर्षकी आरती गौतम, १९ वर्षका सागर बोहोरा र बागलुङ नगरपालिका वडा नं. ११ की १९ वर्षकी सुजता शाक्य छन् ।

घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि पोखरा ल्याइएको छ । अन्य घाइतेको अवस्था सामान्य भएको र धौलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।

दुर्घटनापछि दुवै बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ