arrow

संविधान उल्लङ्घन भएको खुसीयाली मनाउँदै नेकपा एमाले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १२ बुधबार
uml-flag.png
फाइल तस्बिर

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संविधान उल्लङ्घन भएको दिनको अवसरमा उत्सव मनाएर प्रदर्शन गरिरहेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेर संविधानको गम्भीर उल्लङ्घन गर्दै व्यवस्थामाथि नै प्रहार गरेकी छन्।

राष्ट्रपतिले संविधानमाथि गरेको यस प्रहारको उत्सवमा नेकपा एमाले लागिरहेको छ।  नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा काठमाडौँमा प्रदर्शन गरेको छ। अनेरास्ववियुले त्रिचन्द्र क्याम्पस घण्टाघरमा प्रदर्शन गरेको हो ।

सांसदले दोस्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी १५ दिन बिताएपछि उनले संविधानको अवज्ञा गरेकी छन्। विगतमा पनि संसद्को घाँटी निमोठेर संविधान मास्ने ओलीको योजनालाई साथ दिएको राष्ट्रपति भण्डारीले अहिले आफैँ संविधानभन्दा माथि रहेको सन्देश दिएकी छन्। 

राष्ट्रपतिले यस्तो मैमत्त प्रवृत्तिलाई स्वागतयोग्य भन्दै समर्थन गर्दै प्रदर्शन गरेको हो। प्रदर्शनपछि अनेरास्वियुले नागरिकता विधेयक जलाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ