arrow

डेंगीबाट एक महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १३ बिहिबार
dangue.jpg

चितवन । डेंगीको संक्रणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका-७ की ४० वर्षीया महिलाको डेंगीका कारण मृत्यु भएको हो । 

स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेंगी पुष्टि भएको थियो । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए ।  

यसअघि यही असोज २ गते रत्ननगर नगरपालिका-१ का २७ वर्षीय पुरुषको डेंगीका कारण मृत्यु भएको थियो ।

जिल्लामा हालसम्म सात सय ४३ जनामा डेंगी संक्रण पुष्टि भएको छ । उनीहरुमध्ये चार सय ५९ चितवनका छन् । बाहिरी जिल्लाका एक सय ७५ र ठेगाना नखुलेका एक सय नौ जना रहेका छन् । 

चार हजार चार सय ४९ जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगी संक्रण पुष्टि भएको कार्यालयले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ