arrow

सुरेन्द्र र राजेन्द्र पाण्डेकी आमा रहिनन्, छोराहरू काठमाडौं आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १३ बिहिबार
surendra_pandye.JPG

काठमाडौं ।  नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डे र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई मातृ शोक परेको छ । पाण्डेकी आमा मनमाया पाण्डेको आज ८७ वर्षको उमेरमा निधन भएको हो । 

स्वर्गीय पाण्डेका मुख्यमन्त्री पाण्डे, नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेसहित पाँच छोरा र तीन छोरी छन् ।  मनमायाको आज बिहान ३ बजे काठमाडौंको सितापाइलामा निधन भएको हो । 

मुख्यमन्त्री पाण्डे बागमती प्रदेशको राजधानी हेटौँडा र एमाले नेता पाण्डे चितवनमा रहेकाले उनीहरू काठमाडौं आउने बित्तिकै आजै पशुपति आर्यघाटमा स्वर्गीय पाण्डेको अन्त्येष्टि गरिने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ