arrow

उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रको भ्रमण गर्दै अमेरिकी उपराष्ट्रपति ह्यारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १३ बिहिबार
kamala-harris.jpg

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले बिहीबार दक्षिण र उत्तर कोरियालाई अलग गर्ने डिमिलिटराइज्ड जोन (डीएमजेड)को भ्रमण गर्ने भएकी छन् । त्यसअघि उनले सियोलमा उत्तर कोरियाको मिसाइल परीक्षणको निन्दा गर्ने भएकी छन् ।

ह्यारिसले दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलसँग सियोलमा वार्ता गरेकी छन् । भेटमा उत्तर कोरियाको पछिल्लो मिसाइल प्रक्षेपण र ताइवान स्ट्रेटमा चीनको कारबाहीबारे छलफल गर्ने अपेक्षा गरिएको थियो ।

उनले अमेरिकी विद्युतीय सवारी सब्सिडी र जापान संलग्न त्रिपक्षीय सम्बन्धमा परिवर्तनको बारेमा सियोलको चिन्ता बारे पनि छलफल गर्ने बताइएको थियो ।

ह्यारिसले त्रिपक्षीय गठबन्धनलाई कोरियाली प्रायद्वीप र इन्डो प्यासिफिकमा सुरक्षा र समृद्धिको लिन्चपिनको रूपमा वर्णन गर्दै सम्बन्धलाई अझ सुदृढ पार्ने आशा व्यक्त गरेकी छन्।

'म यहाँ हाम्रो गठबन्धनको शक्तिलाई सुदृढ गर्न र सँगै हाम्रो कामलाई बलियो बनाउन आएको छु,' उनले युनलाई उनीहरूको बैठकको सुरुमा भनिन्।

युनले पनि गठबन्धनलाई बढावा दिने प्रतिबद्धता व्यक्त गरेका छन् । गत मेमा अमेरिकी राष्ट्रपति जो बाइडेनको भ्रमणपछि ह्यारिसको भ्रमण त्यो लक्ष्य हासिल गर्ने अर्को मोड बन्ने ठानिएको छ ।

ह्यारिसको डीएमजेडको भ्रमण दक्षिण कोरियाको सुरक्षाको लागि अटल अमेरिकी प्रतिबद्धता देखाउने उद्देश्यले रहेको बताइएको छ । उत्तर कोरियाले बुधबार पूर्वी तटमा दुई छोटो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ