arrow

वर्षाले दिक्तेलमा एउटा घर ढल्यो, विभिन्न ठाउँमा क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १४ शुक्रबार
diktel-beli-bridge_gvwugx6FU1.jpg

खोटाङ । भारी वर्षाका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको घर भत्किएको छ । गए राति परेको वर्षाका कारण बस्नेतको ढुङ्गामाटो प्रयोग गरेर बनाइएको तीनतले घर भत्किएको हो ।

घर भत्किएपछि बस्नेत परिवार आफन्तकहाँ आश्रय लिएर बसेको छ । वर्षाकै कारण दिक्तेलकै ढोडे पुछारका नइन्द्र राईको घरमा समेत क्षति पुगेको छ । सोही ठाउँका नारायण राईको घरमा भलपानी पस्दा बस्न नमिल्ने भएको छ । 

वर्षापछि वडाका विभिन्न ठाउँमा पहिरो खस्दा ठूलो क्षति पुगेको दिक्तेलका वडाध्यक्ष नवराज राईले बताए । पहिराले कतिपय स्थानीयको खोर पुरिँदा बाख्रासमेत मरेका छन् । “पीडित राहतका लागि फोन गर्न थालेका छन्”, उनले भने । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जिल्लामा मानवीय क्षति नभएको जानकारी दिए । वर्षाका कारण जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध छन् । दसँै, तिहार र छठ मनाउन विभिन्न ठाउँबाट घर फर्किएका जिल्लावासी पैदलयात्रा गर्न बाध्य छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ