arrow

गगन थापालाई जिताउन कांग्रेस प्रवेशको लहर बढ्दो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १४ शुक्रबार
congress-prabesh-gagan-thapa.jpg

काठमाडौं । पछिल्ला केही दिनदेखि नेपाली कांग्रेस प्रवेश गर्नेहरुको माहोल बढ्दै गएको छ । विशेष गरी महामन्त्री गगनकुमार थापालाई जिताउन भन्दै कांग्रेस प्रवेश गर्नेको लहर बढेको हो । त्यो लहरको चर्चा हो काठमाडौं क्षेत्र नम्बर ४ को । जहाँबाट थापा सांसद बन्दै आएका छन् । 

मंसिर ४ को निर्वाचन आउन अब डेढ महिना र केही दिनमात्र बाँकी छ । तर पछिल्ला दिनमा गगन जिताउ अभियान तीव्र भइरहेको छ । काठमाडौं ४ मा मात्र गगनले एक हजारको हाराहारीमा विभिन्न पार्टी छाडेर कांग्रेस प्रवेश गरेकाहरुलाई स्वागत गरिसकेका छन् । 

शुक्रबार मात्रै तीन सयको हाराहारीमा कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसमा प्रवेश गर्नेहरुमा अन्य पार्टीका केन्द्रीय सदस्यहरुसमेत रहेका छन् । त्यसैगरी पार्टीको मतको पकड राख्नेहरुसँगै सामिाजक अभियन्ताहरुसमेत प्रवेश गरेका छन् । 

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी तथा नेत्रविक्रम चन्द विप्लवको नेकपा छाडेरसमेत कांग्रेसमा प्रवेश गरेका छन् । शुरुआतमै पूर्व एमाले नेता सुमित खरेलले गगनको विकल्प नभएको बताउँदै प्रचारप्रसारसमेत थालेका थिए । उनी स्थानीय तहको निर्वाचनका उम्मेदवारसमेत थिए । उनी विधिवत रुपमा कांग्रेसमा प्रवेश गरेका छन् । 

त्यस्तै लोसपाका केन्द्रीय सदस्य सिताराम विश्वकर्मा ‘सागर’, लोसपा बागमती प्रदेश उपाध्यक्ष नवराज भण्डारी, काठमाडौं जिल्ला उपाध्यक्ष नवराज भण्डारी, माओवादी केन्द्रका नेता मुकुन्दप्रसाद सेढाई, एमाले नेतृ वर्षा सुनार, विप्लव समूह छाडेर नेता बेदुकाजी घिमिरे कांग्रेसमा प्रवेश गरेका छन् । 

बेदुकाजीले देश विकासका लागि अब कांग्रेसको विकल्प नभएको भन्दै २१ वर्ष कम्युनिष्ट दलहरुमा लागेर भड्किएको भन्दै दुखेसोसमेत पोखेका छन् । 

त्यस्तै प्रभावशाली मानिएका नेताहरु राजन श्रेष्ठ, भिष्मराज ढकाल र सुशिल बस्नेत पनि कांग्रेस प्रवेश गरेका छन् ।

एकातिर कांग्रेसभित्रै आन्तरिक रुपले भोट नदिन भन्दै केही नेताहरु लाग्दा अन्य दल त्यागेर गगनकै लागि कांग्रेस प्रवेश गरेका नेताहरुको ह्विमले गगनको आगामी दिन अझ सबल भएको स्पष्ट गर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ