arrow

अन्तर्घातको खेल

गगन थापाविरुद्ध संगठित षड्यन्त्रमा रामहरि खतिवडा सक्रिय

प्रधानमन्त्री देउवा र गृहमन्त्री खाँडको नामको दुरुपयोग गर्दै  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३० बिहिबार
ramhari-khatiwada3.jpg
तस्बिर – फाइल ।

काठमाडौं । आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदै गर्दा सबै सहभागीता जनाउने सबै राजनीतिक दललाई आफ्नो पार्टीको तर्फबाट उम्मेदवार चयन गर्ने चटारो रहेको छ । 

प्रत्यक्षतर्फका लागि उम्मेदवारीको लागि आन्तरिक रस्साकस्सी चल्दा सबै दललाई समानुपातिक उम्मेदवारको अन्तिम नाम टुङ्गोमा पुर्याउने चटारो देखिएको छ । असोज २ र ३ गते समानुपातिकको नाम दलहरुले बुझाउनु पर्ने हुन्छ । यद्यपि निर्वाचन आयोगले असोज २ र ३ मा निर्वाचन आयोगमा दर्ता हुने बन्द सूचीबाट जुनसुकै नाम थप्न र हटाउन दलहरुले असोज १६ गतेसम्मको म्याद पाउने भएसँगै पहिलो सूचीको अर्थ नहुने भन्दै आकांक्षीहरु झनै तनावमा देखिएका छन् । 

त्यस्तै प्रत्यक्षका लागि पाँच दलीय गठबन्धनभित्रका दलहरु आफूलाई धेरैभन्दा धेरै उम्मेदवारीको सिट हत्याउन प्रयासरत देखिएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पनि साना दलहरुसँग एकता प्रयासमा रहेको छ । नेताहरु आफूलाई नै उम्मेदवार बनाउनका लागि शीर्ष नेताहरुको घरमा धाउने क्रम जारी छ ।  

अर्कातर्फ चुनाव नजिकिँदै गर्दा अर्काको हारमा पनि आफ्नो जित देख्नका लागि केही नेताहरु षड्यन्त्रमा लाग्ने गरेकोसमेत पाइएको छ । विगतमा झैं यसपटक पनि पार्टीभित्रै अन्तर्घात गर्ने क्रम बढेको देखिएको छ । त्यसो त कतिपय नेताहरु त्यस्ता षड्यन्त्र चिर्दै आफूलाई अब्बल सावित गर्दै आएको पनि विगत छ । 

पछिल्लो समय सत्ताधारी दल नेपाली कांग्रेसभित्रै पनि यो घात अन्तर्घातको षड्यन्त्र सतहमा देखिन थालेको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूलाई भावी प्रधानमन्त्रीको उम्मेदवार हुन सक्ने गरी प्रस्तुत गरेपछि उनीमाथि अन्तर्घात गर्न केही नेता सक्रिय रहेको पाइएको छ । उनलाई भाइ देख्नेहरुसमेत संगठित रुपमा हराउन लागेका हुन् ।
 
कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडा नै महामन्त्री गगन थापाविरुद्ध संगठित षड्यन्त्रमा सक्रिय रहेको पाइएको हो । गगन काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने निश्चित छ । 

उनलाई कमजोर बनाउन एकमात्र उद्धेश्यमा खतिवडा लागिपरेको पाइएको हो । उनले यसै षड्यन्त्र अन्तर्गत आफ्नो गृहजिल्ला ओखलढुङ्गाबाट कपनमा आइ बसेका जिल्लाबासीलाई गगन हराउन अभियानमा लाग्न पहल गरेको बुझिएको छ । खतिवडाले गगन निर्वाचनमा पराजित हुँदै गरेको हल्ला फैलाउँदै विकल्प खोज्नका लागि जिल्लाबासीलाई उक्साउने गरेको पाइएको हो । 

खतिवडाले यतिखेर गगनले कपन क्षेत्रमा गर्ने भेटघाट तथा कार्यक्रमको सूचना लिने र गगनले बुनेका योजना पत्ता लगाएर त्यसकै आधारमा कसरी कमजोर बनाउन सकिन्छ भनेर षड्यन्त्र बुनिरहेको पाइएको हो । 

खतिवडाले आफ्नो जिल्लाबासीहरुलाई विभिन्न रेष्टुरेन्टमा बोलाएर या घरमै गएर जे जसरी सहज हुन्छ त्यसै गरेर गगनविरुद्ध षड्यन्त्र रचिरहेको पाइएको हो । 

खतिवडाले नै बोलाएर रेष्टुरेन्टमा खुवाएका उनका जिल्लाबासीहरुले नै काठमाडौं ४ को पार्टी नेतृत्वलाई जानकारी गराएपछि गगन थापाविरुद्ध कसरी षड्यन्त्र भइरहेको छ भन्ने उजागर भएको हो । 

खतिवडाले गगनलाई हराउन उक्साउने प्रपञ्चका क्रममा बालुवाटार (प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा) ले नै गगनलाई रोक्न चाहेको छ भन्ने धम्कीपूर्ण भनाइ दिन थालेका छन् । त्यसैगरी उनले गृहमन्त्री एवं केन्द्रीय सदस्य बालकृष्ण खाँडकोसमेत नाम जोड्ने गरेका छन् । 

खतिवडाले पार्टीकै महामन्त्रीविरुद्ध देउवा र खाँडको नाम जोडेर बदनाम गराउने प्रयास गरेकोसमेत पाइएको हो । कहिँ न कहिँबाट कांग्रेसका कतिपय नेताहरुबाट घेराबन्दी गरेको सूचना महामन्त्री थापाकोमा पुगेपछि थापाको सचिवालयसमेत सचेत देखिएको छ । 

थापाको सचिवालयले कतिपय व्यक्तिहरुले गरेका षड्यन्त्रको पछाडि कसको संलग्नता छ भन्ने बारेमा त्यसको गहिराइसम्म पुग्ने क्रम चलिरहेको बताएको छ । यद्यपि कतिपय स्वार्थ समूहहरुसँग खतिवडाको साँठगाँठ रहेकोसमेत बुझिन आएको छ । पटक पटक पराजित भएका अन्य दलका नेताहरुसमेत गगन थापा हराउ अभियानमा सक्रिय रहेको अवस्थामा खतिवडा पनि उनीहरुकै ‘गोटी’ बनेर संगठित भएकोसमेत बुझिन्छ । 

२०६४ सालको पहिलो संविधान सभामा समानुपातिकमा विजयी भएका पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेता थापा ७० र ७४ सालको निर्वाचनमा प्रत्यक्षमा निर्वाचित भइसकेका छन् । 

२०६४ सालदेखि यता आउँदै गर्दा संसदीय र पार्टीको राजनीतिमा छलाङ्ग मार्दै आएका गगनलाई रोक्न सकियो भने उनको करियरमा ब्रेक लाग्ने र स्वार्थ समूहलाई फाइदा हुने देखेपछि नेता खतिवडा स्वार्थ समूहको ‘गोटी’ बनेकोसमेत आँकलन गरिएको छ । 

यद्यपि यस्ता खालका षड्यन्त्र चिरेर चुनावमा सकारात्मक नतिजा निकाल्ने गरी क्षेत्र नम्बर ४ का कांग्रेस कार्यकर्ता र मतदाताहरु अझ बढी सक्रिय देखिएको पाइएको छ । त्यस्तै युवा नेता गगनलाई अगाडि बढाउन पाए विकासको ढोका फेरिने आशा गरेका स्वतन्त्र मतदाताहरुले पनि गगनलाई चाहेको पाइएको छ । 
 
विवादास्पद पृष्ठभूमिका खतिवडा कसैको ‘गोटी’ बनेर भइरहेको षड्यन्त्रलाई लिएर पार्टीको विभिन्न तहमा चर्चा भइरहेको छ । स्वयं ओखलढुङ्गाबाट प्रत्यक्षतर्फ चुनाव लड्न खोजेका खतिवडा आफ्नै जिल्लाका संकटमा पर्ने अवस्था देखिएको छ । उनको यस अन्तर्घाती चरित्रका कारण ओखलढुङ्गाका नेता कार्यकर्ताको खेदाइमा पर्न सक्नेसमेत विश्लेषण गरिएको छ ।  

गगन थापालाई जिताउन लागे एमालेका मेयरका सहयोगी सुमित 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ