arrow

गाँजाबाट बन्ने औषधिलाई वैधानिक बनाउन बहस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १४ शुक्रबार
japan-cannabis.jfif
तस्बिर – फाइल ।

जापान । जापानको स्वास्थ्य मन्त्रालयको एक प्यानलले बिहीबार गाँजामा आधारित औषधिहरूको प्रयोगलाई अनुमति दिनुपर्ने सुझाव दिएको छ । यसले जापानको ड्र्याकोनियन ड्रग्स प्रतिबन्धको सम्भावित ऐतिहासिक परिवर्तनको ढोका खोल्न सक्ने ठानिएको छ ।

यद्यपि प्यानलले गैर चिकित्सा उद्देश्यका लागि गाँजाको प्रयोगमा नियमहरू सुदृढ पार्न सुझाव दिएको छ । त्यसकारण औषधिलाई वैधानिक बनाउन सुझाव दिए पनि मनोरञ्जन उद्देश्यका लागि गाँजाको प्रयोग भने अवैधानिक नै रहनेछ ।

अन्तर्राष्ट्रिय सेलिब्रेटीहरू जापानको कडा गाँजा विरोधी कानूनको शिकार भएका छन् । बिटल पल म्याकार्टनीसमेत उनीसँग गाँजा फेला परेपछि सन् १९८० मा नौ दिनका लागि हिरासतमा परेका थिए ।

यद्यपि जापान सरकारले गाँजामा आधारित औषधिहरूको प्रयोगलाई अनुमति दिने बहस थालेको हो । जुन पहिले नै धेरै राष्ट्रहरूमा गम्भीर मिर्गी रोगहरूको उपचार गर्न प्रयोग भइसकेको छ।

सरकारले गाँजाबाट प्राप्त सामग्रीबाट बनेको औषधिको आयात र उत्पादनलाई अनुमति दिन नियमहरू परिवर्तन गर्नुपर्ने सुझाव बिहीबार स्वास्थ्य मन्त्रालयको विज्ञ प्यानलले दिएको हो।

तर यसले मनोरञ्जन उद्देश्यका लागि गाँजाको प्रयोग गैरकानूनी हो भनेर स्पष्ट पार्न कानूनलाई कडा बनाउन पनि वकालत गरेको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ