arrow

सलमान खानका ‘बोडी डबल’ सागर पाण्डेको जिम गर्दागर्दै निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १४ शुक्रबार
salman-khan-sagar-pandey.jpg

काठमाडौं । बलिउड अभिनेता सलमान खानका डुब्लिकेट सागर पाण्डेको निधन भएको छ । सलमानका ‘बोडी डबल’पाण्डेको जिममा कसरत गर्दा अचानक लडेर मृत्यु भएको हो । 

सन् १९९९ देखि सलमानको दोहोरो भूमिकामा उनले काम गर्दै आएका थिए । त्यस्तै उनले सलमानको स्टन्ट पनि दिँदै आएका थिए । 

उनी ४५–५० वर्षका रहेको भारतीय संचारमाध्यमहरुले लेखेका छन् । पाण्डेले सलमानसँग ५० फिल्ममा काम गरिसकेका थिए । पाण्डेको निधन भएको सलमानका दोस्रो ‘बोडी डबल’ शान्तनु घोषले जानकारी दिएका हुन् । 

उनका अनुसार पाण्डेले जिममा कसरत गर्दा गर्दै अचानक लडेका थिए । पाण्डेलाई तुरुन्ते मुम्बईस्थित जागेश्वरी इस्टमा रहेको हिन्दी हृदय सम्राट बालासाहेब ठाकरे ट्रमा केयर मुन्सिपल अस्पतालमा लगे पनि चिकित्सकले अस्पताल आउनुअघि नै उनको मृत्यु भइसकेको बताएका थिए । 

पाण्डेले लकडाउनका बेलामा निकै नै संघर्ष गर्नुपरेको थियो । पाण्डे सलमान खानजस्तै अविवाहित थिए । उनी प्रतापगढ उत्तरप्रदेशबाट हिरो बन्न मुम्बई आएका थिए । फिल्ममा काम नपाएपछि बोडी डबलमा काम गर्न थालेका थिए । 

उनको करियर सन् १९९८ मा आएको फिल्म कुछ कुछ होता है बाट शुरु भएको थियो । उनले सलमान खानसँग बजरंगी भाइजान, ट्युबलाइट, दबंग, दबंग २ जस्ता बोडी डबल फिल्ममा खेलिसकेका थिए । 

जिम गर्दा ज्यान गुमाउने उनी यो महिनामै दोस्रो कलाकार हुन् । गत असोज ५ गते कमेडियन राजु श्रीवास्तवको ज्यान गएको थियो । राजुले ४२ दिनसम्म भेन्टिलेटरमा संघर्ष गरेर ज्यान गुमाएका थिए । 

पञ्चतत्वमा विलीन भए राजु श्रीवास्तव



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ