arrow

मजा

logo
जी. शाह,
प्रकाशित २०७९ असोज १५ शनिबार
gyanendra-shah-poem.jpg

हराएर पाउनेको मजा चर्को हुन्छ 
रोएर हाँस्नुको मजा अर्को हुन्छ 

हार्नु त जीवनको एक पक्ष
हारेर जित्नुको मजा अर्को हुन्छ ।

सताएर मिल्नुको मजा चर्को हुन्छ 
भत्काएर बनाउनको मजा अर्को हुन्छ 

सर्नु त जीवनको एक पक्ष 
सरेर बस्नुको मजा अर्को हुन्छ ।

नबोलेर बोल्नुको मजा चर्को हुन्छ 
नसोचेर मिल्नुको मजा अर्को हुन्छ 

प्यार त जीन्दगीको एक पक्ष 
गाँसेर ज्युनुको मजा अर्को हुन्छ ।
(पूर्वराजा ज्ञानेन्द्र शाहको हालै प्रकाशित दुई मुटु यौटा बाटो कविता सँगालोबाट) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ