arrow

भारतको शानदार क्रिकेट, एक खेलअघि नै जित्यो दक्षिण अफ्रिकालाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १७ सोमबार
england-pakistan-cricket-2022-10-02.jpg

काठमाडौं । भारतले दक्षिण अफ्रिका विरुद्धको तीन खेलको टी–२० क्रिकेट श्रृंखला जितेको छ । आइतबार राति भएको दोस्रो टी–२० खेलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतले एक खेल अगाडि नै श्रृंखला नै जितेको हो । 

गुवाहाटीमा भएको खेलमा भारत १६ रनले विजयी भयो । भारतले दिएको २ सय ३८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रीकाका डेभिड मिलरले अविजित रहँदै १ सय ६ रनको शतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै क्विन्टन डी ककले अविजित रहँदै ६९ रनको अर्धशतकीय इनिङ्स खेल्दा एडिन मार्क्रमले ३३ रन बनाए ।

भारतका अर्शदिप सिंहले २ तथा अक्षर पटेलले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनाएको थियो । भारतका सूर्यकुमार यादवले २२ बलमा ६१ तथा केएल राहुलले २८ बलमा ५७ रन बनाए । 

विराट कोहलीले २८ बलमा अविजित ४९ रन बनाए । कप्तान रोहित शर्माले ३७ बलमा ४३ रन बनाए । दक्षिण अफ्रीकाका केशव महाराजले २ विकेट लिए ।

तेस्रो तथा अन्तिम खेल मंगलबार इन्दोरमा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ